तनहुँको आँबुखैरेनीनजिक ऐनामा भएको बस दुर्घटनाः १८ जनाको मृत्यु, १६ जना घाइतेको काठमाडौंमा उपचार हुँदै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाटे भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट आज मध्यान मर्स्याङ्दी नदीमा खसेको थियो।बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए। उनीहरू सबै भारतीय नागरिक भएको प्रहरीको भनाइ छ।