रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारी संस्थाकोअध्यक्ष आङ बाबू राई सहकारीको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका छन। २०८१ साउन २२ गते अध्यक्षलाई पक्राउ गरेपनी सचिब बिनोदमणी राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठले फरार रहेका छन।
आ.ब.२०७३/०७४ सम्म रु २२४६०१० नाफा रहेको सबै रकम तीन जना पदाधिकारीहरुले मिलमतोमा सबै रकम लिई खाई ठगी गरेको पाइएको छ।रकम ठगि गरेपछि निजहरुले हालसम्म साधारणसभा नगरी बचतकर्ता र पदाधिकारीहरुलाई ठगी गरिरहेका कारण समेतका आधारमा नियामक निकाय काठमाडौ महानगरपालिका को छानबिन गरि प्रतिबेदनमा १३ वटा कैफियत औल्याउँदै थप अनुसंधान गर्न भनिएको छ । प्रतिबेदनका आधारमा कैफियत सम्बन्धमा थप कारबाही गर्न नेपाल प्रहरी केन्द्रीय अनुसंधान ब्युरो हुँदै काठमाडौ प्रहरी परिषर बाट महानगरीय प्रहरी वृत्ति लैनचौरमा मिसिल पुगि ठगिमा संलग्नहरुलाई पक्राउ गरि अनुसंधान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको हो।अनुमति प्राप्त गरि बृत्तले अध्यक्षलाई पक्राउ गरि अनुसंधान सुरु गरेको छ। सहकारीका कार्यकारी भुमिका मा रहि तीन जनाले कार्यसमितिको निर्णयबिना सहकारीको नाममा रकम संकलन गरि अध्यक्ष र सचिबले आफ्नो ब्यक्तिगत खातामा रकम गरि सचिबको नाममा सेयर खरिद गर्ने र कोषाध्यक्षको नाममा घरजग्गा खरिद गर्ने गरेको पाइएको छ।
सहकारीको नाममा अनाधिकृत रकम उठाई आफ्नो निजि नाममा सम्पत्ति खरिद गरेको सहकारीको कर्जा रकम असुल उपर गरि लिलामबाट आएको जग्गा सहकारीको नाममा नराखी भिमढुंगा ३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल १–११–२–० रोपनी जग्गा अध्यक्ष र सचिब को योजनामा कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरि लिएर ठगी गरेको समेत महानगरपालिकाको प्रतिबेदन मा उल्लेख गरिएको छ । अध्यक्ष,सचिब र कोषाध्यक्षले निर्णयबिना आफुखुसी मनोमानी तवरले सहकारीको बचत रकमले तलब बुझी ठगी गरेको,संचालक समितिको निर्णय र साधारणसभाको निर्णयबिना अध्यक्ष, सचिब र कोषाध्यक्षले कर्जा प्रबाहमा १ देखि २ प्रतिशत सेवा शुल्क लिई ब्यक्तिगत तवरले ठगी गरेको,गैरकानुनी रुपमा अध्यक्ष आफै प्रबन्ध भएर २४६७४१६ र अध्यक्ष को भत्ता १००३४३५ भुक्तानी लिएर खाई सर्वसाधारण को बचत रकम ठगी गरेको प्रतिबेदनमा पुष्टि गरिएको छ । एन्जिओ नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनका सदस्यहरु सहकारीको कार्यक्षेत्र सिमित गर्नेगरि स्वीकृत लिएतापनी गैरकानुनी तवरले संस्थाका तथा सहकारीका संस्थापक पदाधिकारीहरुलाई जानकारी नै नदिएर अन्य सर्बसाधारण नागरिकहरुलाई सदस्य राखी रकम बचत गर्न लगाई ठगी गरेको बिषय थप अनुसंधान गर्न कार्यदलले सुझाव दिएको छ।निज तीन जनाले गैरकानुनी रुपमा २३ प्रतिशत ब्याज लिएर ब्यक्तिगत खातामा जम्मा गरेर ठगी गरेको ।
पदाधिकारी लगायत साधारण बचतकर्ता को करोडौं रकम ठगी गर्ने तीन जनाले कुनैपनी सूचना र जानकारी नदिएर ३७० जना सेयर सदस्य मध्य ४० जना मात्रै को उपस्तिथि देखाएर ६ (छ) बर्षको काल्पनिक बनावट साधारणसभा गरि नक्कली लेखापरीक्षण बनाएर महानगरपालिकामा पेश गरि ठगी गर्न लागेकोमा महानगरले अबैधानिक भएको घोषण गरि प्रतिबेदनमा उल्लेख गरेको छ । बचतकर्ताको रकम ठगी गर्न तीन जनाले ३७० जना सदस्य रहेकोमा ४० जनामात्रै उपस्तिथि देखाएर गरिएको साधारणसभा कानुनबमोजिम नहुने ठहर महानगरले गरि महानगरको सहकारी ऐन प्रतिकुल कुनैपनी जानकारी बिना ठगी गर्ने मनसायले ६ बर्षको लेखापरीक्षण एकै दिन बनाएर ३७० जना सदस्य भन्दा बाहिरका ४० जना गैर सदस्यहरु को उपस्थितमा साधारणसभा गरेको देखाएर पदाधिकारी र बचतकर्ता ठगी गरेको औल्याउँदै थप अनुसंधानका लागि प्रहरी समक्ष प्रतिबेदन पठाएको हो। मुद्दती खातामा राखेको निक्षेप रकम परिपक्व भएपछि सम्बन्धित ग्राहकलाई भुक्तानी नदिएर अध्यक्ष आङ बाबू राई को नामको खाता ००१–ऋब्–००३८१ (एबि राई) को ब्यक्तिगत खातामा जम्मा गरि करोडौं रकम ठगी तिनजनाले ठगी गरेको अनुसंधानबाट समेत खुलेको छ।
गैरसरकारी संस्था को रुपमा संस्था दर्ता ऐन २०३४ बमोजिम काठमाडौ जिल्ला प्रशासन कार्यालय मा दर्ता भएको नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसन मा आवद्ध भएका सदस्यहरुमा सिमित रहने भनी बिधानमा उल्लेख भएतापनी बाहिर गएर रकम असुली ठगी गरेको भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौले समेत छानबिन गरिरहेको छ। सहकारी को रकम ठही सम्बन्धि सबै विवरण उल्लेख गरि महानगरपालिका मा उजुरी परेपछि छानबिन समिती बनाएर प्रतिबेदन तयार गरेको हो। जिम्मेवारीमा नरहेका पुर्ब पदाधिकारीहरुलाइ बल्याकमेलिङ गर्ने गरि काठमाडौ महानगर वडा नम्बर २ लाजिम्पाट मा कार्यालय रहने गरि दर्ता गरेकोमा बिना स्वीकृत काठमाडौ महानगर १६ मा भुमिगत कार्यालय संचालन गरि ठगी गरेको समेत अनुसंधानबाट खुलेको छ ।सहकारीले संकलन गरेको रकम सहकारीको नाममा रहेको सिटिजन बैंक को खातामा जम्मा नगरी अध्यक्षको निजि खातामा जम्मा गरि सिमित ब्यक्तिले दुरुपयोग गरि ठगी गरेको ,कर्जाबाट उठाएको सावाँ र ब्याजको रकम समेत निजि खातामा लिएर ठगी गरि हिसाबमा रकम उठाउने भनी उल्लेख गरेको, सोझासाझा आफन्तलाई समेत बचत गर्न लगाएर ठगी गरेको लगायतका तथ्यहरु फेला परेका छन।राई एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका प्रत्यासी समेत हुन। एमाले सरकारमा भएका कारण महान्यायाधिवक्ता कार्यालयबाट जाहेरीवाला पिडितहरुको मुद्दा कमजोर पार्ने गरि अनुसंधानमा अनावश्यक दबाब दिएको एक पिडितले बताए ।


















