जनता समाजवादी पार्टी, नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी कमिटीको टुंगो लगाएको छ।
कार्यविभाजनअनुसार उपेन्द्र यादब अध्यक्ष रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन्।
त्यस्तै राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष चयन भएका छन्।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन्। राउत मधेस प्रदेशमा पूर्वमुख्यमन्त्री हुन्। शर्मा केही समयअघि मात्रै जसपा, नेपाल प्रवेश गरेका थिए।
त्यस्तै, प्रकाश अधिकारी उपमहासचिव तोकिएका छन्। मनीषकुमार सुमन प्रवक्ता बनेका छन्।
दीपक कार्की, रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन्।
सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई चयन भएका छन्। सुरिताकुमारी साह कोषाध्यक्ष बनेकी छिन्।
हरिनारायण यादव, अर्जुन थापा, सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, जयराम यादव, राजकुमार गुप्ता (राजु), रामकिशोर यादव (किशोरी) केन्द्रीय कार्यकारिणी सदस्य बनेका छन्।
गत जेठ २८, २९ र ३० गते जनकपुरमा एकताको राष्ट्रिय महाधिवेशन भएको थियो। महाधिवेशनले २१५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।


















