इन्द्रजात्रा पर्व आजदेखी काठमाडौं उपत्यकामा मनाईदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । यो दिन जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा हुने परम्परा छ।
भाद्र शुक्ल द्वादशीका दिन प्रत्यक वर्ष झैँ आइतबार बिहानको शुभसाइत अनुसार हनुमाढोका दरबारअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।

इन्द्र जात्राका अवसरमा साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउन डोरी तान्दै ।

इन्द्र जात्राका अवसरमा साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउन डोरी तान्दै ।

लिङ्गो ठड्याउन डोरी तान्दै
इन्द्र जात्राका अवसरमा साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउन डोरी तान्दै ।

बिहानको शुभसाइत अनुसार हनुमाढोका दरबारअगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने क्रममा ल्याएको आकाश घोडा ।

आइतबार बिहान साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइँदै ।