काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता तथा कार्यकर्ताले सभापति रवि लामिछानेको पक्षमा नाराबाजी लगाइरहेका छन् ।
रास्वपाका कार्यकर्ताहरूले नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गरिरहेका हुन् । रास्वपाको पार्टी कार्यालयमा तनावको अवस्था समेत सिर्जना भएको छ । पार्टी कार्यालयमा भिड जम्मा भएपछि प्रहरी वृत्त बालाजु र वृत्त सोह्रखुट्टेका डीएसपी नेतृत्वको टोली वनस्थलीमा खटाइएको छ ।
रास्वपाका एक नेताले भने, ‘उपलब्ध नेताहरू यहीँ पार्टी कार्यालयमा छौँ । सभापतिज्यू पनि यहीँ हुनुहुन्छ । हामी यहाँ बसेर पर्खेर हेरिरहेका छौँ ।’
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् ।
छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । पक्राउ परेका पूर्वडीआईजी जोशीलाईबयानकालागि आज नै पोखरा लगिएको छ ।


















