नख्खु खोलाको बाढीमा मानिस फसेपछि प्रहरीद्धारा उद्धारको प्रयास

ललितपुर । लगातारको वर्षाको कारण शनिबार बिहान ललितपुरको नख्खु खोलाको जलसतह निकै बढेको छ । पानीको बहाव बढेसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

खोलामा आएको बाढीका कारण खोलाको तटीय क्षेत्र डुबानमा परेको छ । यसैबिच बाढीमा फसेका एक जना व्यक्तिको प्रहरीले उद्धारको प्रयास गरिरहेको छ ।नख्खु खोलाको जलसतह निकै बढे पछि त्यहाँ स्थित जनधनको क्षतिपनि भएको स्थानीयहरु बताउँछन् ।