फुरुंगा हाइड्रोपावरमा काम गर्ने चार मजदुर बेपत्ता, एक मृत्यु

फुरुंगा हाइड्रोपावरमा काम गर्ने चार जना मजदुर बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ। खोलामा आएको बाढीका कारण बगाएर बेपत्ता भएको प्रहरीले बताएको छ ।

बेपत्ता हुनेमा फिदिन नगरपालिका १ निवासी वर्ष ५० का कृष्ण दास, दासकै श्रीमती वर्ष ४० की कमला दास, सोही ठाउँ निवासी ५५ वर्षका धनकुमार तुम्बाहाम्पो र फिदिम १ कै २१ वर्ष की सरस्वाता तुम्बाहाम्पो बेपत्ता भएको पाँचथर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रुपेश तामाङले बताए ।

बाढीमा परी फिदिम नगरपालिका १ सागाबोटे निवासी ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । उनी पनि फुरुंगा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।