काठमाडौंबाट ७७८ जनाको उद्दार (तस्वीरहरू)

वर्षाका कारण जनजीवन प्रभावित भएपछि काठमाडौंका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्दार गरेका छन् । शनिबार दिउँसो साढे २ बजेसम्म काठमाडौंका ८ फरक ठाउँबाट ७७८ जनाको उद्दार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार बानेश्वर–शंखमुल क्षेत्रबाट ५ जनाको उद्दार गरिएको छ ।

त्यसैगरी बल्खु– कालिमाटी क्षेत्रबाट ४२५ जना, कीर्तिपुर क्षेत्रबाट ७१ जना, थानकोट नागढुंगा–सुरङमार्ग क्षेत्रबाट १३६ जना (उनीहरुमध्ये १०० जना यात्रु), स्वयम्भू इचांगुनारायण क्षेत्रबाट ३ जना, काठमाडौं–१ बालमन्दिर क्षेत्रबाट ११० जना, कोटेश्वर क्षेत्रबाट २८ जना गरी ७७८ जनाको उद्दार गरिएको उनले बताए ।

अहिलेसम्म ११ जनाको शव भेटिएको र १ जना अझै वेपत्ता रहेको एसपी अधिकारा पुरिएका चार जना भने अझै निकाल्न बाँकी नै । इचाङ्गुनारायणमा पुरिएका ३ जना र फर्पिङ मख्खुबेसीमा पुरिएका १ जना गरी ४ जनालाई निकाल्न बाँकी रहेको एसपी अधिकारीले बताए । डुबानबाट १ हजार २४४ घरमा क्षति पुगेको छ ।

तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी ।
भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मी ।
बाढीमा फसेका नागरिकको उद्धार गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका प्रहरी टोली।
काठमाडौँको शङ्खमुलमा बाढीमा फसेका नागरिकको उद्धार गर्दै सशस्त्र प्रहरी
।
राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी ।