अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एयरलाइन्सको जहाज उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ।
मंगलबार राति स्थानीय समयअनुसार एयरबस ए३५०, ७ः०२ बजे सिएटलबाट इस्तानबुलका लागि उक्त जहाज उडेको थियो।
जहाज उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक अचेत भएका थिए। करिब ८ घण्टाको उडानपछि उनी अचेत भएपछि जहाजमै उनलाई होशमा ल्याउने प्रयास गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन।
त्यतिबेला जहाज उत्तरी क्यानडाको बाफिन आइल्यान्डको क्षेत्रमा उडान भइरहेको थियो।
उनको ज्यान जोगाउन नसकेपछि को–पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए।
उक्त जहाजलाई बुधबार बिहान ५ः५७ बजे न्यू योर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो।
क्याप्टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एयरलाइन्सले खुलाएको छैन।


















