skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको सत्ता गठबन्धनका १८ जना निर्वाचित ।

काठमाडौँ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ जना निर्वाचित भएका छन् । एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छिन् ।१९ सिटका लागि भएको चुनावमा कोशीमा एक जना बाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन ्भने सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित भएकि छन।कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी बागमतीमा सत्ता गठबन्धनकै महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
यसैगरी गण्डकीमा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ माओवादीबाट मनरुपा शर्मा र अपाङ्गतातर्फ कांग्रेसका पदम परियार निर्वाचित भएका हुन् ।लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए ।यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन् ।सुदूरपश्चिममा महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका हुन् ।