उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले गैरदलीय स्थानीय निर्वाचन गराउन र प्रवासमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै आयोगमा ज्ञापनपत्र बुझाएको हो ।
प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्दा उनीहरूलाई देशको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने अवसर मिल्ने पार्टीको भनाइ छ ।


















