skip this काठमाण्डौं महानगरपालिका ११

जीबी राईसँगै सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध डिफ्यूजन नोटिस

सूर्यदर्शन सहकारीमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध गत शुक्रबार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएसँगै पुन:दुई पदाधिकारीविरुद्ध नोटिस जारी भएको छ । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रकरणमा आज(आइतबार) थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको हो ।

इन्टरपोलको महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले दुई साताअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरेको थियो ।