नेपालले चीन हुँदै जापानमा नेपाली सामान निकासी गरेको छ । भन्सार विभागका अनुसार सिजी कम्पनीले उत्पादन गरेको वाइवाइ जिङ्ग तातोपानी नाका हुँदै चिनियाँ बन्दरगाह हुँदै जापान पठाएको छ ।
यो नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा ठूलो उपलब्धि हो । नेपाल र चीनबीच २०७२ सालमा पारवहन सम्झौता भएको थियो । जुन, आठ वर्षपछि सम्भव भएको हो । सम्झौतामा नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुखा बंदरगाहलाई प्रयोग गर्न पाउनु पर्ने उल्लेख छ ।



















