नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काममा आफ्नो समर्थन रहने बताएका छन्।
बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले निर्वाचन सफल भएकोमा खुशी व्यक्त गर्दै रास्वपालाई शुभकामना दिएका छन्। उनले भने, ‘रास्वपाले जसरी अत्यधिक बहुमत ल्याएको छ, उहाँहरूलाई शुभकामना छ। राम्रो काममा हाम्रो साथ र समर्थन रहनेछ।’ सञ्चारकर्मीले म्याजिक नम्बरबारे प्रश्न गर्दा प्रचण्डले त्यसबारे स्पष्ट जवाफ नदिँदै रास्वपालाई शुभकामना व्यक्त गरे।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखाबाट रुकुमपूर्व पुगेका थिए र प्रतिनिधि सभा सदस्यमा जितेका छन्। यस चुनावमा माओवादी गठबन्धनले ७ सिट मात्रै जितेको थियो भने समानुपातिकमा आठ लाख मतको निशान पुर्याउन सकेन। प्रचण्डले चुनावअघि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका थिए, तर निर्वाचन परिणाम कांग्रेस र एमालेसहित नेकपाका लागि चुनौतीपूर्ण रह्यो।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






