सारा अली खान र कार्तिक आर्यन सँगै देखिएपछि अहिले उनीहरुको चर्चा सर्वत्र फैलिएको छ । उनीहरूलाई मुम्बईस्थित एयरपोर्टमा सँगै देखिएका थिए । फोटोमा उनीहरुले एकअर्कालाई हृदयदेखि बिदाइ गरेको फोटो र भिडियोले सबैको ध्यानाकर्षण गराएको छ ।उनीहरु अहमदाबादमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन गएका थिए । यसअघि उनीहरु प्रेममा रहेको चर्चा थियो ।



















