skip this काठमाण्डौं महानगरपालिका ११

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा बिहान निधन भएको छ । आज(मंगलबार) साढे ८ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।

उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको हो । न्यायाधीश मरासेनीकी छोरी पोखरामा रहेकाले पोखराबाट काठमाडौं आएपछि आजै मरासेनीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बुझिएको छ ।