skip this वडा नं १६ बालाजु च:मती

श्रीमती हत्याको अभियोगमा झापाका विनोद राई पक्राउ

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिकाका ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

गएराति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको थियो । झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको र कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७.३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

दमक इलाका प्रहरी कार्यालयका अनुसार घटनाबारे स्थानीयवासीको खबरपछि प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको छ भने शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।