skip this वडा नं १६ बालाजु च:मती

डा. बाबुराम भट्टराई र महेन्द्र यादब बिच चर्काे बिबाद , नेपाल समाजबादी पार्टी फुुटको डिलमा ।

काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठक आज शनिबार ११ बजे बाट रोयल बैकेट जडिबुटिमा बस्दै छ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा पुन बिबाद बढिरहेको बेला आज बैठक बस्नलागेको हो । नेकपा (माओवादी केन्द्र) सँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने भन्ने बिषयमा पार्टीमा बिवाद छ । आन्तरिक बिवाद बढेसंगै माओबादी संग सिंगो पार्टी एकहुने सम्भावना कम हुदै गएको छ । हिजो शुक्रबार बिहान देखि पार्टी केन्द्रिय कार्यलयमा नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बसेको थियो । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’भएकोमा जोड दिए पनि तत्काल माओबादीसंग मात्र पार्टी एकता गर्न नहुने मत राख्नु भएको बुझिएको छ । अर्का अध्यक्ष महेन्द्र यादब र सह–अध्यक्ष गंगानारायण श्रेष्ठले भने नेकपा (माओवादी केन्द्र) सँग तत्काल पार्टी एकता गर्नु पर्ने निर्णय गर्नु पर्ने अन्यथा आफुहरुले मात्रै भए पनि एकता गर्ने बताएका थिए । त्यस पछि पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई शनिबारको केन्द्रिय समिति बैठकले जे निर्णय गर्दछ त्यही मान्ने भने पछि हिजोको बेठक सकिएको थियो । आजको बैठकमा तत्काल पार्टी एकता नगर्ने अध्यक्ष डा. बाबुराम भट्टराई पक्षर अर्का अध्यक्ष महेन्द्र यादब जसले तत्काल नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नु पर्नेमा अडान राखका छन । पक्ष बिच पक्षर क्षरबिपक्षमा मतदान हुनेर महेन्द्र यादब पक्ष अल्पमतमा परे बैठक छाडि भिन्दै भेला गरि माओबादी संग पार्टी एकता गर्ने निर्ण गरेको घोषणा गर्ने सम्भावना पनि छ । े त्यसेलै आज शनिबारको केन्द्रिय समितिको बैठकमा उस्तै परे दुई पक्ष बिच वार पार हुन सक्ने एक नेताले बताए ।