skip this वडा नं १६ बालाजु च:मती

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा चर्काे बिबाद ।

काठमाडौँ । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा पुन बिबाद बढेको छ । नेकपा (माओवादी केन्द्र) सँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने भन्ने बिषयमा बिवाद भएको हो । आन्तरिक बिवाद बढेसंगै माओबादी संग सिंगो पार्टी एकहुने सम्भावना कम हुदै गएको छ । आज शुक्रबार बिहान देखि पार्टी केन्द्रिय कार्यलयमा नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’भएकोमा जोड दिए पनि तत्काल माओबादीसंग मात्र पार्टी एकता गर्न नहुने मत राख्नु भएको बुझिएको छ । अर्का अध्यक्ष महेन्द्र यादब र सह–अध्यक्ष गंगानारायण श्रेष्ठले भने नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नु पर्नेमा जोड दिएका छन । यसअघिको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि पार्टी एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न भन्दै पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एउटा वार्ता समिति बनाएको थियो । शत्यसले अरु अरु पार्टीहरु सँग पनि समाजवादी ध्रवीकरणको लागि आवश्यक छलफल, बहस र पहल/प्रयत्न गर्ने निर्णय गरेको थियो । यो बिचमा माओबादी अध्यक्ष प्रचण्ड र डा भट्टराई बिच छलफल भए पनि भट्टराइले पेश गरेको बिचारमा प्रचण्ड गम्भिर नभए पछि अध्यक्ष डा. बाबुराम भट्टराइ तत्काल पार्टी एकता गर्ने सोचमा हुन हुन्न तर अर्का अध्यक्ष महेन्द्र यादब र सह–अध्यक्ष गंगानारायण श्रेष्ठपक्षले भने नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नु पर्नेमा अडान राखे पछि बिबाद चर्केको छ । भोली शनिबार केन्द्रिय समितिको बैठकमा उस्तै परे दुई पक्ष बिच वार पार हुन सक्ने एक नेताले बताए ।