सिटामोल मा सौगात र बेनिशाको लुक्स छायांकन भइरहेको फिल्म ुसिटामोलुले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको छ । फिल्ममा सौगात मल्ल र बेनिशा हमालले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । फस्टलुक तस्वीरमा यी दुई कलाकारलाई ग्रामीण दम्पतीको स्वरुपमा देख्न सकिन्छ । राजबहादुर सानेले निर्देशन गरेको यो फिल्मको छायांकन अहिले चलिरहेको छ । यसअघि वृन्दावनु र वीराङ्गनाु फिल्म निर्देशन गरेका सानेको यो फिल्ममा बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्त पनि छन् ।




















