राष्टृ संघ दिवस र बालेन सरकार

 

आज २४ अक्टोबर संयुक्त राष्टृ संघ दिवस, संसारमा शान्ति स्थापनाका लागि तय भएको यो संसारकै ठूलो संस्था तर विश्व शान्तिमा भने कैयन प्रश्नहरु आउने गरेका छन् । नेपालमा बा को समय सकिएर छोरोको समय आएको छ । गत भाद्रको राजनीतिक परिवर्तनले यो परिवेश सिर्जना भएको हो । अहिले संयुक्त राष्टृ संघ प्रवेशमा पनि सन्तति पुस्ताकै भएर सबैभन्दा कान्छो उमेर बालेनले सबैभन्दा उत्कृष्ठ अभिव्यक्ति दिएका छन् । सं रा सं को ८१ औँ महासभा वैठकमा यहाँका बालेनको चर्चा र उनका अभिव्यक्तिले सर्बत्र समाचारको विषय बनाएको छ । टप मोष्ट न्यूज च्यानलहरु बि वि सि, अल् जजिरा, भ्वाइस अप्m अमेरिका, इण्डिया टुडे, सि एन एन लगायतका विश्व चर्चित मास मेडियाहरुले बालेनको खुलेर प्रशंसा गरे, कूटनैतिक मामलाका जानकारहरुले पनि खुलेरै प्रशंसा गरे । उनले थोरै बोले तर विश्वलाई आकर्षित गर्ने गरी बुलेट रुपमा बोले । यसो भनौ हामी शव्दको बुलेट हान्न सक्छौँ, आणविक, जैविक बुलेट अरुले हानिरहेका छन् । भोटेकोशीको ताण्डव नृत्य हाम्रो कारणले भएको होइन पनि, संसारमा जलवायु कोष छ, कोप छ, फण्ड छ तर वित्तको अभाव छ र सबैभन्दा बढी रकम योगदान गर्छु भनेको संयुक्त अरब इमिरेट्से आफूले बोलको रकममा १५ प्रतिशत रकम फण्डमा जम्मा गरेको छ । अमेरिकाले बोलेको त फिर्ता गरिएको अबस्था छ जव टृम्पले दोस्रो कार्यकालको सत्ता सम्हाले अमेरिकी नीति जलवायु कोषमा सहयोग नगर्ने भनिएको छ । जति फण्ड छ दावा गर्ने मुलुक हामीजस्ता अरु पनि धेरै छन्, अहिले हाम्रा प्रधानमन्त्रीले राम्रो बोलेका छन् र सरकारले यसलाई मार्ग निर्देशक सिद्धान्तका रुपमा लिने पनि भनेको छ । कान्छा उमेरका प्रधानमन्त्रीको यो हिम्मतलाई सबैले खुलेर प्रशंसा गरेका छन् तर व्यवहारमा हामीलाई समस्या उस्तै छ, भनौँ थपिएको पनि छ ।
पुराना पुस्ताले देशलाई च्यापिरहे यसअघि, उँभो लागेन, नयाँ पुस्ता जुर्मुराउँदै निस्क्यो, सिँहदरबार लगायतका संयन्त्रहरु कब्जा पनि गर्यो, भलै लोकतन्त्रको आदर्श चुनावैबाट । तर जनता निराश छन् महँगीबाट, कालो बजारीबाट, चर्को विद्यालय र स्वास्थ्य शुल्कबाट र युवा होनाहार पुस्ताको सरकारले विजुलीमा भ्याट थपेर बन्चरो प्रहार नेपालीहरुका थाप्लैमा गरेको छ । प्रकृतिले पूर्ण रुपेण ठगेको देशलाई राजनैतिक बजारले हस्तक्षेप गरेको छ, अचाक्ली कर कलेक्सन गरेको छ । बस्तु अधिकाँश आयात हुन्छ, त्यसैमा सरकारले भन्सार असुल्छ, उस्तै परे परल मोलको तेब्बरमा सामान बेच्छ, पेटृोलियम पदार्थको कस्ट प्राइस नै भन्दैन बरु भाउ बढाइरहन्छ । कृषि प्रधान देश कुर्सी प्रधान हुँदा खाद्यान्न दगायतका दैनिक उपभोग्य बस्तु विदेशबाट आयात हुन्छ त्यसैमा भन्सार शुल्क बढाएर सरकारी संयन्त्रहरु पालिएका छन् । चुनाव ताका प्रदेश जस्ता खर्चिला संयन्त्र आबश्यक छैन भन्ने नयाँ पुस्ताको सरकारले अब तुरुन्तै प्रदेश र स्थानीय तहको चुनाव गराउने तरखरमा लागेको छ । जग्गा जमिनको भाउ यति धेरै छ कि त्यसैबाट धेरै कर कलेक्सन गरेर स्थानीय सरकार टिकेको छ । सडकमा सवारी साधनकाट जवर्जस्त जरिवाना असुलेर पैसा जम्मा गरिँदैछ भने यहाँको युवालाई खाडी धकेलेर सस्तो कस्टको पासपोर्टलाई महँगोमा बिक्री गरेर त्यसैलाई होम डेलिभरी गराएर देशले लामो समयदेखि विप्रेषण रकम बढाएको छ र आर्यघाटमा आउने बाकसबन्दी लासहरु घटाएको छैन बरु भोटेकोशीले निलेका शवहरुको यकिन जानकारी छैन, कति हराए हराए, राहत रकम १६ अर्ब बढिसक्दा आपूर्ति रकम एक चौथाईको हाराहारी छ, विपत्तिमा पनि नाफा खोज्ने सरकार बा हरुकै सिग्नल देखाउँदैछ, छोरा पुस्ताको मर्म कोर्न सकेको छैन र आम रुपमा समाज अन्यायतिर उन्मुख छ र संस्कृतिमा व्यापक विकृति छ, नैतिकता हराएको छ र अख्तियारका हिरासत कक्षहरु हाउस्पूmल भएका छन् । भनिन्छ सुशासन र विधिको शासन, भइरहेको छ कुशासन र पछिल्लो समय पनि राष्टृ सेवक कर्मचारीहरुको मूल विधान निजामती सेवा ऐन नआइकन भाद्र २२ को निजामती सेवा दिवस बितेको छ । नयाँ ऐन कस्तो आउला भन्ने टेररमा परेर धेरैले जागीर छोडेका छन्, बस्नेहरुको आत्मसन्तुष्टि छैन पेलानमा परियो भन्दैछन् । सुशासनका नाममा कर्मचारी फेर बदल बाहेक नीतिगत रुपमा सरकारले देखिने गरी कुनै काम गरेको छेैन ।
जलवायु न्यायका लागि प्रधानमन्त्रीले विश्व चकित गराउने गरी बोलेका छन् तर जुन सभा भयो न्यूयोर्क, आर्थिक विश्वकै राजधानी, टृम्प त्यहीँका छन् र जलवायु कोषबाट उनले हात झिकेका छन्, जसले सबैभन्दा बढी रकम यो कोषमा जम्मा गर्ने भन्यो, उसैले कम रकम दिएको छ, रकम धेरै जम्मा भइहाले पनि आवेदकहरु अरु धेरै छन् र हाम्रो हात पर्ने रकम कमै छ । अन्याय हामीले बढी सहनु पर्ने, भूगोल हाम्रै सानो, कार्वन उत्सर्जन पनि नाम मात्रको हाम्रो पीडा भने अधिक छ सहनु पर्ने । श्वि तनावमा छ, भोकमरी पनि छ, उत्पादनमा कमी छ, हातहतियारको होडबाजीमा पनि छ । हतियारहरु विश्वमा चाँडो पुग्ने तर कृषिको पर्याय बनेको रासायनिक मल नपुग्ने भनेर बालेनले नै भनेका छन् । धनी राष्टृहरुले कार्बन उत्सर्जन बढी गरेका छन्, जलवायु संकट तिनकै कारण्ले भएको छ, तिनीहरुले नै सकट समाधानमा उदारता देखाएका छैनन् । विश्वको तापक्रम घटाउने कुरोमा उनीहरु नै मतैक्य छैनन, दिनानुदिन तापक्रम घट्ने गरेको छैन, हिनदीहरु पग्लिएर तटीय क्षेत्रमा रहने देशहरु सोलोलो हुँदैछन्, रुवाबासी नै छ हिन्दुकुश क्षेत्रको । कोकोहोलो छ, यसमा हामी मात्रै छैनौँ समुद्री सुनामीमा पर्नेहरुको पिडा पनि कम छैन । यसो भनौँ समस्या हाम्रो मात्रै छैन विश्व एक परिबार भनिरहँदा अरुको पनि धेरै छ । हाम्रा पूर्वाधारहरु क्षतविक्षत छन्, मौसम सधैँ खराव भइरहँदा प्रकृतिको ताण्डव नृत्यले यसै साता पनि ठूलो असर गरेको छ लाइप्m लाइन भत्कँदा नेपाली मन क्षतविक्षत बन्न पुगेको छ, खाद्यान्न लगायतका बस्तुहरुको आपूर्ति श्रृँखलामा अबरोध भइ अन्य कारणहरुले समेत आर्थिक वृद्धिमा सकुचन आउने भनेर अन्तर्राष्टिृय एजेन्सीहरुले भनिसकेका छन् । विश्व बैँकले यहाँको आर्थिक वृद्धि दरको आँकडा घटाइसकेको छ, सरकारले यो वर्ष ६ प्रतिशत वृद्धि हुने अपेक्षा गरे पनि त्यो हात लाग्ने लक्षण छैन । भोटेकोशीका कारण सरकारी आँकडा नै ६ खर्ब बढीको पूर्वाधारको क्षति छ । १७ वर्षअघि मन्त्रिपरिषदको वैठक कालापत्थरमा राखेर विश्वको ध्यानाकर्षण गराइएको हो र संयुक्त राष्टृ संघका महासचिव गुट्रेसले यहाँका पर्वतीय क्षेत्रको अवलोकन गरी विश्व सामु कडा स्वर पनि दिएकै हुन्, न प्राकृतिक विपत्ति घटेको छ, न यस बारेको क्ष्ाितपूर्तिमै ओइरो लागेको छ, ताडना र पिडा बरु बढेको छ, जति कराउँछ काग त्यति पिना सुकेको अनुभूति उखान चरितार्थ हुँदैछ । बोल्दै नबोल्नु भन्दा बोल्नु राम्रो ढंग पुर्याएर बोले बालेनले राम्रो भयो तर हाम्रो छिमेकी चीन हो भारत हो, अप्ठेरोमा यी दुईकै सामीप्यता बढी चाहिन्छ । यु एस विरोधी गतिविध भारतमा चीन सहितको ब्रिक्स सम्मेलन यतिबेला नै सकिएको छ र पश्चिमा नीतिको खुलेर विरोध गर्दै १४० बूँदे दिल्ली घोषणापत्र भर्खरै आएको छ, जहाँ मोदी, सि जिन लगायत पुटिनहरुकोउपस्थिति रहेको थियो । हामी एकातिर बोल्छौँ अर्कोतिर चुकुल फुस्केला भन्ने डर पनि छ । अस्तिको भोटेकोशीको मुहान हाम्रो थिएन तर मार भार हामीलाई नै धेरै परेको छ, यसमा सन्तुलन मिलाउन सकिएन भने हामे पूर्खाले भनेको असंलग्न परराष्टृ नीतिको सन्तुलन मिलाउन सकिएन भने जोसमा होस् नपुर्याए भविष्यमा हामी आपैmँलाई त्रास बढ्न सक्छ । यो कूटनैतिक चातुर्र्यता देखाउदै बालेनको सन्तुलित अभिव्यक्ति आएको छ जसलाई कूटनीतिक विश्लेषकहरुले पनि प्रशंसा गरेकै छन् ।
विद्यमान संविधानको विकल्प खोज्ने भन्दै आएको यो नयाँ पुस्ताको सरकार दुई तिहाईको नजिक छ तर देशको खर्चिलो संरचना भत्काउने हिम्मत यसले गरेको छैन, जे संकल्प लिएर आयो त्यो संकल्प पूरा गर्ने छाँट देखिएको छैन, पुराना दलहरुको दब्दबा घटेको छेैन । चुरीपूmरी उस्तै छ, केवल बसाइ फरक भएको छ बालुवाटार, सिह्दरबारको साटो यतै कतै छन्, उल्झनहरु तेस्र्याइँदैछन्, तिनको सत्ता परिवर्तन भए पनि संस्कार उस्तै छ, सरकारले उपभोक्ताको घाँटीमा पासो हाल्न छोडेको छैन, आर्यघाटदेखि प्रसूति गृहसम्म र मृत्युपछि पनि कर कलेक्सन गर्न छोडेको छैन, कतिले असह्य पिडा देखेर आत्मदाह नै गरेका छ्न्, सुशासनका लागि निर्मम हुनु पर्ने सरकार कर कलेक्सनमा क्रूर भएको छ, सेवा शुल्क तीव्र महँगो छ, जनताको आयस्रोत बढाउन सकेको छैन, रोजगारी र उत्वादन वृद्धि भएको छैन, खाडी धकेलिने क्रम पनि घटेको छैन बरु रेमिटान्स बढेकै छ र जसले व्यापारघाटालाई सहरिहेको छ, हप्तामा लामा लामा विदा पर्न गएका छन ्। सेवाग्राहीहरु मारमा परेका छन्, नौ बजे कार्यालय पुग्दा सेवाग्राही त्यही रप्mतारमा कार्यालय आउन सकेका छैनन् । देश एक किसिमको अन्यौलमा छ, त्रासमा छ अब के होला भनेर ठेकेदारहरुले काम गर्न छोडेका छन्, पर्खौँ हेरौँ भन्दैैछन्, बैँकहरुमा तरलताको समस्या उस्तै छ र लगानी गर्न निजीक्षेत्र अग्रसर छैन, यत्रतत्र समस्या नै समस्या छ । पालिकाहरुमा धेरै बजेट गयो, भ्रष्टाचार त्यही र बढी बेरुजु त्यहीँ छ । भट्टेडाँडाको हवाइ दूर्घटना घोप्टेभीरको हवाइ दूर्घटना अहिले पनि ताजै छ र कृष्णभीरले जहिले सताइरहेको छ, यस्तो लाइफलाइन बोकेर देश कसरी अघि बढ्ला, जहाँ बस हराएमा विदेशी खोज्न आउँछन् र तिनै हराउँछन् त्रिशूलीमा । काभ्रेको बनेपा लगायतको क्षेत्र होस् या रोशी क्षेत्र या पश्चिम, पूर्व या उत्तर कतै राम्रो बाटो घाटो छैन, मालसामानको ढुवानी भाडा यहीँ धेरै छ, आपूर्ति समस्या छ, उत्पादन छैन, रोजगारीको अभाव छ, संयन्त्रहरु धेरै छन् पाल्नु पर्ने, सक्रिय जाँगर भएकाहरुको संख्या कम छ, उर्बर हातहरु विदेसिएका छन्, गाउँघर रित्तो छ, मलामी जन्ती नपाइने, खेतालाहरु छैनन् गाई भैँसी भोकै छन्, सहरमा विकृति बढेको छ वर्षामा बाटो हराउने गरेको छ सहरको पनि, काठमाडौँ नै त्रासमा छ, तासको घर जस्तै कति बेला ढल्छ थाहा छैन, खानेपानीको हाहाकार र फोहोरको समस्या धेरै छ, राजनैतिक रोजगारी दिने सक्ने संविधानले आम नागरिकलाई बेसहारा र बेरोजगार बनाएको छ । समस्याका पहाड अग्लिने नैतिकताका धरातलहरु होचिने क्रममा रहँदै गर्दा उच्च मनोवलका साथ कान्छा उमेरका बालेनले नेपालको पिडा ओकलेका छन्, विश्व सामु, आशा गरौँ यसमा अरुको सहयोग र सद्भाव पक्कै बढ्ला ।