नेपाल वायुसेवा निगम, दुई न्यारोबडी जहाज भाडामा लिने तयारीमा लागेको छ । निगमले मंगलबार सार्वजनिक सूचना निकालेर टेन्डर आह्वान गरेको छ ।
यसका लागि कम्पनीहरूलाई कागजात पेस गर्न आग्रह गरेको छ । निगमका अनुसार इच्छुक कम्पनीले आगामी मार्च २२ सम्ममा आवेदन दिन सक्ने छन् ।






















