skip this वडा नं १६ बालाजु च:मती

महालक्ष्मी विकास बैंकको सिईओमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बैंकको सिईओमा नियुक्त गरेको हो ।

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पछि सञ्चालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । विगत १५ वर्षदेखि महालक्ष्मी बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।