राहत कोषमा मोबाइल एपबाट सोझै रकम पठाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपबाटै प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले क्यूआर कोड स्क्यान वा अन्तरबैंक फन्ड ट्रान्सफरका अतिरिक्त मोबाइल एपबाट सोझै रकम जम्मा हुने छुट्टै विकल्प उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

यसअघि विभिन्न बैंकमा रहेका राहत कोषका खातामा क्यूआर वा अन्तरबैंक ट्रान्सफरमार्फत रकम पठाउन सकिने व्यवस्था थियो। नयाँ व्यवस्थासँगै सेवाग्राहीले मोबाइल बैंकिङबाटै सहज रूपमा राहत कोषमा सहयोग गर्न सक्नेछन्।