एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुन:संचालनमा ल्याएको हो ।
यो अफरमा ग्राहकले सात दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको करसहित एक सय ५० मा ५ जीबी डेटा वा दुई सय रुपैयाँमा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी, आठ सय ८८ रुपैयाँमा २८ दिन समयावधी रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् । यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ । डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन् । साथै, हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।
थप परिष्कृत गर्दै पुन:संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन् ।
सात दिन भ्यालिडिटी भएका एक सय ५० र दुई सय रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी, आठ सय ८८ रुपैयाँको प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ । यसैबीच एनसेलले करसहित दुई सय २० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




















