skip this वडा नं १६ बालाजु च:मती

नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बाराका सुमित साह र सन्तोष पटेल, पर्सा वीरगञ्जका विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन् । बुधबार पक्राउ परेका उनीहरुबाट एक हजार दरका ६१ थान नोट र भारतीय सीमकार्ड र सात थान मोबाइल समेत बरामद भएको छ ।