एमाले रौतहट जिल्ला कमिटीको १०औँ अधिवेशन उद्घाटनका क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एक सय एक किलोको माला लगाइदिएका छन् । बिहीबार रौतहटस्थित गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको हो ।
गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ । जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ । मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ ।
दोलखामा मतगणना भइरहेको छ । रौतहटमा बिहीबारबाट सुरू भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकांक्षी छन् ।





















