धर्म, संस्कृति, संस्कार ४
वसन्तको आगमन, सरस्वतीको स्मरण गर्ने दिन श्रीपन्चमी, फागुन २, २०८०, शुभकामना छ, आम पाठकवृन्दमा । वेद ज्ञान हो, वेद ब्रह्म हो, वेदका मन्त्र भर्खरै अमेरिकाको वासिँग्टन डि सि सहरमा रुद्री पाठ सहित घन्केको पंक्तिकारले विभिन्न च्यानलहरु मार्पmत् देखिरहेको छ । हामी हाम्रा सन्ततिलाई वेदको ज्ञान दिन सकिरहेका छैनौँ । प्रणव मन्त्र ॐ लाई भुल्न लागेका छौँैँ, महाव्याहृती मन्त्र भू: भुव: स्व: लाई बिर्सन लागेका छौँ, वेद भूमि वैदिक सनातनीहरुको भूमिमा विदेशीहरुले परेड खेल्दैछन्, अर्काको संस्कृति भ्यालेन्टायन डे मनाइरहेका छौँ, आयातीत गुलाफको पूmल वितरण गर्दैछौँ, जन्मोत्सवमा बत्ती निभाउन लालयित छौँ । हाम्रा सन्तति खाडीमा भाँडा भाभ्mदैछन्, हिँड्दैछ, पाइला मेट्दैछ हुँदैछ हाम्रो धर्म, संस्कृति, संस्कार, सुशासन, अनुशासन, सभ्यता र आप्mनोपनको शिक्षा ।
सृष्टौ या सर्गरुपा जगतवनविधौ पालनीया च रौद्री । संहारे चापि यस्या जगदीदमखिलं क्रीडनं या पराख्या ।। पश्यन्ति मध्यमाऽथो तदनुभगवती वैखरीवर्णरुपा । साऽस्मद्वाचं प्रसन्ना विधिहरि गिरिसा ऽराधितालं करोतु ।। (देवी भागवत मूल वन्दना)
संसारको सृष्टि, पालना र संहारमा सबै शक्तिलाई संरक्षण दिने देवीका सामु संसार एउटा खेलौना समान हो । साहित्यका सबै विधाकी स्रोत महामाया सरस्वतीलाई हरपल वन्दना । देवीका सामु विशाल ब्रह्माण्ड एउटा साकार रुप हो भने हर प्राण्ीिका हिर्दयमा रहेको चैतन्य शक्ति उनको निराकार रुप हो । सिर्जनामा उनको रुप महासरस्वती, पालनामा महालक्ष्मी र संहारमा उनको रुप महाकालीको हुन्छ ।
प्रथमत:माता सरस्वती वाणीकी देवी हुन् । ज्ञान र विज्ञान उनको स्वरुप हो । माघशुक्ल पञ्चमी ज्ञानकीदेवी श्री सरस्वतीको स्मरण गर्ने दिन हो । सूक्ष्म ब्रह्माण्डको मष्तिस्क सत्ता लिएर धर्तीमा अवतरित मानव उसैले विज्ञानको सदुपयोग गरी विशाल ब्रह्माण्डमा अधिपति जमाउन प्रयासरत देखिन्छ अहिले । चन्द्रधरातलदेखि मङ्गलग्रहसम्मको पहुँच र समस्त भूखण्ड र खगोलीय पिण्डहरुलाई आफ्नो रिमोर्ट कन्ट्रोलमा राख्न चाहने मानव मष्तिस्क भन्नु परमेश्वरीदेवीको वरद कृपा दृष्टि नै हो ।
ॐ नमो वागीश्वरायबाट आरम्भ भएको शब्दांकुरले नाद ब्रह्मलाई भेदन गरी स्वर, संगीत, कलापारखीसम्म र शिक्षण, प्रशिक्षण, अनुशिक्षणदेखि प्रयोगशालाको भौतिक र रासायनिक परीक्षणसम्म साथ दिने ब्रह्मायणीदेवीको अनुपम कृपा दृष्टिले आजको संसार ढुंगेयुगबाट नवीनतम ऊर्जाशील युगसम्म पदार्पण गर्दैछ । ज्ञान, विवेक, संयम, धैर्य, श्री, पराक्रमको सही उपयोगदेखि मानव रक्षासम्म र धर्ती अम्बर सवैतिर रहेका सूक्ष्मातीसूक्ष्म जीवाणु, कीटाणुसम्मको रेखदेख र भाइचाराको सन्देश, मानव संस्कृतिको अनुपम उदाहरण हो । आद्य शक्ति सरस्वतीको जन्मजयन्ती पर्व वसन्तपञ्चमी ! अर्थात् श्रीपञ्चमी ¬! रति र काम देवको स्मरण गर्ने दिन । वसन्तको आगमन, नयाँ विहानीको स्वागत गर्ने बेला । सम्पुण वेद, वेदांगहरु सरस्वतीको प्रार्थना गर्न जर्मुराउँछन् र त बालबालिका मात्रै होइन असँख्य मानव सरस्वतीको दर्शन गर्न लालयित हुन्छ, के घरमा, के मठ, मन्दिरमा ।
महान स्रष्टा, ग्रन्थकार, कवि, वकिल, साहित्यकार, कलाकर्मी, सञ्चारकर्मी, डाक्टर, बुद्धिजीवी, शिक्षक, नेता, अभिनेतादेखि वैज्ञानिकहरु सम्मको साधना सरस्वतीका कृपा दृष्टि हुन् । कलम–विचारको प्रवाहदेखि धर्म, संस्कृतिको जगेर्नासम्मको, सिप संस्कारदेखि जीउने कला, वत्तृmत्व, प्राविधिक ज्ञानदेखि सम्पूर्ण मानव जीवनलाई सरल, सरस, सारगर्भित बनाउन प्रेरित गर्ने देवी अथाह ज्ञानस्रोतकी सागर नै हुन् र आज मानिस ऊर्जामा उत्कृष्ठ हुन खोज्दैछ, मष्तिस्को ऊर्जा मात्रै नभएर जल ऊर्जा, वायु ऊर्जा, सौर्य ऊर्जा, धन्य हिजोको मान्छे आज कता हो कता स्वर्णीम युगमा पुगेको छ ।ु जति खर्च ग–यो त्यति बृद्धि हुने सीप, संगीत पारखीहरुका लागि साधनाकी स्रोत पनि उनै हुन् । कमलासनी, सेतोबस्त्र धारण गरेकी, वीणा हातमा लिएकी, ब्रह्मादि देवताहरुबाट विशेष वन्दना गरिएकी, अभयमुद्रा भएकी वरदान र श्राप दुवै दिने सक्ने देवी मानव जीवनकी शक्ति सञ्चारिका नै हुन् । विश्व रचनादेवी पालनाकार्य र संहारकारी गुण सम्पन्न देवीलाई वैष्णवी एवं रुद्रायणीका रुपमा पनि चिनिन्छ । विश्वजननी भूवनेश्वरीदेवीको सत्ता, शक्ति पाएर सृष्टिकर्ता परमेश्वर सर्वगुण सम्पन्न बनेको हो ।
कम्प्युटर भित्रका आकृतिदेखि नृत्यकलासम्म र गायन स्वरदेखि आधुनिक साज सज्जा सहितको स्वर ध्वनियन्त्र सम्मकी देवी सरस्वती विज्ञानकी संरक्षिका पनि हुन् । मानव जीवनलाई ऐश, आराम दिलाउने देवी, भोग, सुखका अतिरिक्त विज्ञानको सदुपयोगसम्म गर्न प्रेरित गर्छिन् । शस्त्रास्त्रको होडवाजी, आपसी द्धन्दको पराकाष्ठा, अशान्ति, भय, क्रोध, हिंसा, तनावको वल बम बारुदका धूवाँहरु केवल सरस्वतीको विस्मरण नै हो । आदिम ढुंगेयुगबाट गुज्रेको मानव विश्वलाई एउटा हत्केलामा राख्न सफल छ तर उनको विस्मरणले घटनाहरु, दुर्घटनाहरु, आक्रमण, बन्द हडताल, तोडफोड, चक्काजाम, आगजनी, ध्वस्त, विकीरणयुक्त, प्रदुषणयुक्त भैरहेछ । प्रत्येक सिक्काका दुईपाटाहरु हुन्छन् । दुवैपाटाहरुलाई सकारात्मक बनाउन सरस्वतीको कृपादृष्टि सद्भाव, प्रेम, स्नेह, सहिष्णुता, भाइचारा, एकता, समन्वय आवश्यक छ । वगैँचामा थरिथरीका पूmलहरु हुन्छन् । रंगीविरगीं पूmलहरुले सजिएको वगैँचा निश्चय नै सुन्दर हुन्छ । आज मानिस बिर्सदैछ, उनको शक्तिलाई र त ऊ हत्या, हिँसा, बलात्कार, चोरी, उपद्रव, लुटपाट जस्ता गैर सामाजिक कार्यमा व्यस्त छ । राजनीतिले समाजको स्वरुपलाई सद्भावयुक्त बनाउनु पर्नेमा ठीक उल्टो किचलो, कोकोहोलो, रमिते, छटपटाहट बनाइरहेको छ । विचारको गलत प्रयोगले समाज घुमील छ, बन्धकमा परेको छ, उठ्नै नसक्ने गरी थला परेको छ । ज्याद्रो छक्का पन्जाशैलिमा उठेको कालो बादल नराम्रोसँग मडारिएको छ । देश देशावरमा नयाँ नयाँ तानाशाहहरु, बादशाहहरु देखा परेका छन् । कोही हात बााधेर मानवको विभत्स हत्या गर्नमा आप्mनो सोख सम्झन्छन्, कोही रुपको आकर्षणमा परी बलात्कार गर्दै निमोठेर कुखुरा मारेझँै सिद्रा पार्छन्, हेर्ने समाज, मानव अधिकार आयोग निरीह बन्छ । कोही दिउसै बत्ती बाल्न बाध्य गराउँछन्, मैले जे गरेँ, त्यो सबैभन्दा उत्कुष्ठ हो भन्छन्, सर्वसाधारणले बाटो हिँड्न पाउँदैन, काम, सिप देखाएर खान पाउँदैन । यो बर्बरता सदाको लागि भइरहेको छ । दशा एक दिन, दुई दिन वा एक, दुई वर्ष पो हुन्छ, सँधै दशा खेप्ने कसरी ? महँगी कर, मृत्यु कर, भोक कर, डर कर, कात्रो कर सम्म नबुझाई यो संसार छोड्न नसकिने अबस्थाले साँच्चै महाकलीको आगमनको संकेत देखिएको छ । राजनीति चिराफारा भएभैmँ संस्कृति बाबियोको डोरीभैmँ बटारिएको छ । कोरोनाका नाममा त्यस्तै भयो, समाज न ओल्लो घाट न पल्लो तीर हुन पुग्यो केही वर्षअघि मात्र । पछि पनि चाटुककारहरुको बाहुल्यता हुँदा धर्म हराएको छ, धर्म नभएपछि नैतिकता, इमान्दारिता, सच्चरित्रताको अभाव भएको छ ।
कुम्भकर्णको पराक्रम, मन्थराको जिभ्रो, कंशको दुराचार, रावणको अत्याचार अन्तत: खेर नै गयो । सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा विध्वंश हुन्छ । सदुपयोग भए, निर्माण बन्न पुग्छ । ज्ञान संधै हाँस्दछ, मुस्कान छर्छ, सदाचार र सहयोग, सत्कृति दिन प्रयास गर्दछ । ज्ञानको साथमा विज्ञानलाई डो–याउन सके विज्ञान पनि यस्तै हुन सक्छ । सम्पूर्ण मानव जगत् भयरहित, क्रोध रहित, आवेगरहित, तनावरहित हुन सके विज्ञान कलात्मक बन्न पुग्छ । शुद्ध आचरण, नैतिकवान्, चरित्रवान व्यक्तिहरुबाट सामाजिक पुनरुत्थान हुनसक्छ, नव निर्माण हुनसक्छ, सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गर्छिन् हर मानव जीवनमा ! तर मान्छेमा मुखमा राम राम बगलीमा छुरा भएको छ । निर्मला र भागीरथहरुमा मात्रै होइन, हर मानवमा यो चित्कार जीउँदो छ, को छ सहारा यहाँ ? को छ अभिभावक यहाँ ? के का लागि भन्ने आप्mना मान्छे वा आप्mनो राज्य, के नागरिकता प्रमाणपत्र वितरण मात्रै हो राज्यको काम ? राज्यमा अनगिन्ती दुस्वपनहरु मडारिएका छन्, सन्ततिहरु देशबाट बढारिएका छन्, छैन उद्योगधन्दा, छैन रोजगारी, छैन नि कतै छहारी ।
वसन्तपञ्चमीको अर्को पक्ष हो जीवनमा वसन्तको आगमन ! नवीन ऊर्जाशैली, नयाँकिरण, नयाँ विहानी, नव पालुवाहरु, नवीनतम प्रयोग ! आदि । नव जीवन, कोमल जीवन, स्वस्थ जीवन, सरल जीवन, सौन्दर्ययुक्त जीवन, सौन्दर्य समाज निर्माणको पहल गरौँ वसन्त आगमनको शुभारम्भको संकेत वसन्तपञ्चमी, श्री पञ्चमी पर्वले हर मानव सुखी र समृद्ध होऊन्, अस्तू परिपूर्णम् !





















