skip this वडा नं १६ बालाजु च:मती

काठमाडौँ महानगरपालिकाद्वरा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वरा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् । ‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका छौँ ।’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भन्नुभयो, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ ।’ अनुगमका क्रममा अस्पतालको नर्सिङ् विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादिन फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाउनुभएको थियो । घिमिरेकाअनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको हो । स्रोतमा फोहोर छुट्याउन नर्सिङ् वेस्ड सिस्टम कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड््युटीमा रहने नर्सिङ् स्टाफले यसको जिम्मेवारी लिने गर्नुभएको छ । अस्पतालमा १ सय बेडको हो । अनुगमनपछि फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिइएको छ । काठमाडौँ महानगरपालिकाद्वरा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वरा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्छ । यो व्यवस्थामा उल्लेख भएका दायित्व सम्बन्धी काम अनुगमनका सूचक हुन् । ‘सहरी वातावरणमा महसुस योग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहोर उत्पादकहरुले दायित्व बोध गरेर नागरिक र कानुनी दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएका छौँ ।’ अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा डंगोलले भन्नुभयो, ‘वातावरणीय जोखिम बढ्न नदिन हामी सचेत छौँ । क्षेत्राधिकारभित्रका काम गरिरहेका छौँ ।’ अनुगमका क्रममा अस्पतालको नर्सिङ् विभागका प्रमुख राधिका घिमिरे, संक्रमित फोहोर उत्पादन हुने ठाउँ, उत्पादिन फोहोर संकलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापनको अभ्यास देखाउनुभएको थियो । घिमिरेकाअनुसार अस्पतालले ३ लाख रुपैयाँ लागतमा फोहोर प्रशोधन गर्ने सामान तथा उपकरण खरिद गरेर संक्रमित फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्ने प्रणाली विकास गरेको हो । स्रोतमा फोहोर छुट्याउन नर्सिङ् वेस्ड सिस्टम कार्यान्वयनमा छ । फोहोर उत्पादन हुने ठाउँको ड््युटीमा रहने नर्सिङ् स्टाफले यसको जिम्मेवारी लिने गर्नुभएको छ । अस्पतालमा १ सय बेडको हो । अनुगमनपछि फोहोर प्रशोधन कक्ष अलग्गै ठाउँमा राख्न सुझाव दिइएको छ ।