skip this वडा नं १६ बालाजु च:मती

स्रोत नखुलेको सुनचाँदीसहित एक भारतीय नागरिक पक्राउ

एकजना भारतीय नागरिक स्रोत नखुलेको ठूलो मात्रामा सुनचाँदीसहित पक्राउ परेका छन् । पोखरामा ज्वेलर्स सञ्चालन गर्दै आएका पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्रोत नखुलेको सुन र चाँदीसहित एकजना पक्राउ परेको पुष्टि गरेको छ । तर कति मात्रामा भन्ने अझै खुलेको छैन । पोखरा २, भैरवटोलमा सुनचाँदी व्यवसाय गर्दै आएका भौमिकसँग कति मात्रामा अवैध सुनचाँदी फेला परेको भन्ने बारे केही समयपछि प्रहरीले सार्वजनिक गर्ने बताएको छ । अहिले भौमिकबाट बरामद गरिएको सुनचाँदीको नापजाँच गर्ने काम सुनचाँदी व्यवसायी संघको सहयोगमा भइरहेको प्रहरीले जनाएको छ ।