प्रेम र रोमान्स समेटिएको गीत ‘आखाँ झुम्न थाल्यो’ सार्वजनिक गरिएको छ । वरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत रहेको छ ।
२५ वर्षको अमेरिका बसाईपछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैँमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ ।
सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ । सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।
गीतको लिंक :—
https://youtube.com/watch?v=8KEq_KByP84%3Fsi%3DFE-YNRQOX_GouUny






















