skip this वडा नं १६ बालाजु च:मती

टिपर दुर्घटनाबाट चालक र सहचालकको मृत्यु

पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज सोमबार बिहान ९ बजे दुर्घटना हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरु दुबैको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।