skip this काठमाण्डौं महानगरपालिका ११

हिमालयन बैंकको टेकुस्थित अस्पतालमा नगद संकलन काउन्टर

हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज बुधबारदेखि नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद सङ्कलन गर्ने सम्झौता गरेको हो ।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४सैँ घण्टा प्रदान गर्ने छ ।