सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग मुम्बईमा भएको सातौं हस्पिटालिटी इन्डिया ट्राभल अवार्ड कार्यक्रममा outstanding contributor to tourism development in nepal अवार्डबाट सम्मानित भएको छ । उक्त समारोहमा भारतका सामाजिक न्याय तथा अधिकार मन्त्रालयका राज्यमन्त्री Ramdas Athawale ले भारतीय लोकसभाका सांसद Anind Ganpat Sawant (शिवसेना पार्टी), Sunil Chopra (पूर्वमेयर लण्डन, Borough of Southwark, Unipeted Kingdom) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवार्ड कार्यक्रममा Hospitality India Coffee Table Book पनि लञ्च भएको थियो । सो म्यागजिनले भारत तथा विश्वका हस्पिटालिटी सेक्टरलाई जोड्ने छ र सो कफि टेबल बुकमा माजोङ्ग इन्टरटेनमेण्ड प्रालिका अध्यक्ष/प्रबन्ध निर्देशक बिनोद श्रेष्ठको अन्तरवार्ता पनि समावेश गरिएको छ । क्यासिनो माजोङ्गका अध्यक्ष/प्रबन्ध निर्देशक श्रेष्ठ बिगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ ।
क्यासिनो, होटल तथा रिसोर्टमा, ट्राभल्सलगायतका व्यवसायमा उहाँको लगानी रहेको छ । यसअघि क्यासिनो माजोङ्ग भारतको नयाँ डिल्लीमा आयोजित हस्पिटालिटी अवार्ड कार्यक्रममा सन् २०२२, २०२३ र २०१९ मा वेष्ट क्यासिनो इन साउथ एशिया र २०१८ मा वेष्ट क्यासिनो इन नेपाल अवार्डबाट सम्मानित भईसकेको छ ।




















