skip this काठमाण्डौं महानगरपालिका ११

भारतीय ट्रक पल्टिदा बसिरहेका जुम्ल्याहा दाजुबहिनीको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा जुम्ल्याहा दाजुबहिनीको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट आर.जे.२९ जी.बी.१५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा तीन/चार जना च्यापिएको शंका गरिएको थियो ।

त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन् । उनीहरू बुवासँगै पसलमा बसिरहेका थिए । उनीहरूका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडामुनिको भाग थिचिएकाले त्यही अक्सिजन दिएर राखिरहेको छ । प्रहरीका अनुसार उनीहरू तीन जना आफ्नो पसलमा बसिरहेको अवस्थामा मार्बल बोकेर आएको मालबाहक ट्रक पल्टिएर थिचेको हो ।

त्यहीँकी एक रिया खवास भन्ने बालिका पनि हराइरहेकी छन् । ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।