प्रभु बैंकका सिनियर डेपुटी सिईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनीहरुलाई आज मंगलबार पक्राउ गरेको हो ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराएका छन् । उनीहरुविरुद्ध अहिले छानबिन जारी भएकाले उनीहरु सबैको नाम भने सार्वजनिक गरिएको छैन् । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गरिने सिआइबीले जनाएको छ ।





















