skip this वडा नं १६ बालाजु च:मती

विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विराटनगरबाट माउन्टेन उडान गर्ने बताएका छन् । आज बिहिबार पत्रकारसँग कुरा गर्दै उनले सगरमाथा क्षेत्रलाई आधार बनाएर विराटनगर–लुक्ला माउन्टेन उडान सुरु गर्ने बताएका हुन् ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट माउन्टेन उडान सुरु गर्ने योजना छिट्टै कार्यान्वयनमा आउने उनले बताए । उनले भने, ‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ । यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगरबाट उडान गर्ने तयारी गरिरहेका छौँ ।’

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए । प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उनको भनाइ थियो ।