पक्राउ परेका नेकपा (एमाले)ले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेको छ । संघीय संसद भवन परिसर पुगेर प्रदर्शन गरेका लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको थियो ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेकी छन् । यस्तै मिटरब्याज पीडितका माग सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरेकी छन् ।
उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्त र मिटरब्याज पीडितका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले सरकारले कुरा नसुनेपछि लघुवित्त पीडित संसद भवन परिसरमै प्रदर्शनमा उत्रनु परेको पनि बताइन् ।


















