गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै’ गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन् ।
मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको उक्त सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीले रोमान्स गरेका छन् । आफूले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।
आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको गायक अमरदिप विसीले बताए । गीतको सम्पादन नविन घर्ति मगरले गरेका छन् ।
गीतको पुरा भिडियो हेर्न तलको लिंक खोल्नुहोस:
https://youtube.com/watch?v=_M6r2XYy7jg%3Fsi%3DCjfCvn049mmi5MW2





















