skip this वडा नं १६ बालाजु च:मती

नेपालमा पर्यटकबाट साढे ४५ अर्ब भित्रिदा नेपाली विदेश जाँदा एक खर्ब बाहिरियो

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । तर सोही अवधिमा नेपालीहरू विदेश जाँदा एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ ।

पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकबाट संकलन भएको रकमभन्दा नेपालीहरू विदेश जाँदा बाहिरिएको रकम ५९ अर्ब ३५ करोड रुपैयाँले बढी रहेको छ । राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत माघसम्म भ्रमण आय ४४.५ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा भ्रमण आय ४५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो आय ३१ अर्ब ४१ करोड रहेको थियो ।