‘कुसुम अगरबत्ती उद्योग’द्वारा उत्पादित सुगन्धित ‘ओम् नम: अगरबत्ती’ बजारमा अवैधानिक रुपमा बिक्री भइराखेको छ । खुद्रा पसललेहरुलाई सामान बेच्दा म्याक्सिमम रिटेल प्राईज (एमआरपी) राखेर बेच्नु पर्ने कानुनी प्रावधान भएपनि ‘ओम् नम: अगरबत्ती’ भने उक्त कानुन विपरित बजारमा छ्याप्छ्याप्ती बिक्री भइराख्दासमेत प्रशासन मुकदर्शक बनेको छ । सो अगरबत्तीमा उत्पादन मिति र उपभोग मिति दुबै राखिएको छैन ।
बिक्री हुँदै आएको उक्त अगरबत्तीको बाहिरी खोल(कभर)मा कतैपनि मूल्य उल्लेख छैन । यसरी मूल्य नै नराखि अगरबत्ती बजारमा बिक्री भइराखेको पाइएकोमा कतै प्रशासनकै मिलोमतोमा ठगि भईरहेको त छैन भनि सर्वसाधारण उपभोक्ताले प्रश्नसमेत उठाएका छन ।
उपभोग्य बस्तुमा बिक्री मूल्य उल्लेख गरिएको हुन्छ र पसलेले बेच्दा उल्लेखित मूल्यभन्दा बढी मूल्यमा बेच्न पाउदैन । तर, सुगन्धित ओम् नम: अगरबत्तीले बजार मूल्यनै नराखि बिक्री गरेर उपभोत्ता ठग्ने गरेको छ । यसो गर्दा एकातर्फ क्रेताले बढी मूल्य तिर्नु पर्दछ भने अर्काेतर्फ राजश्वसमेत छली भइराखेको छ ।
कुसुम अगरबत्ती उद्योगका प्रतिनिधिसँग सो सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा उनले अगरबत्तीको पुरानो खोल(कभर) भएकाले त्यस्तो पर्न गएको होला भनेर गैरजिम्मेवार प्रतिक्रिया दिए । तर, सानन्यूजले बजारको प्राय पसलमा ‘ओम् नम: अगरबत्ती’ एमआरपी, उत्पादन मिति र उपभोग मिति बिना नै बिक्री वितरण भइराखेको पायो ।


















