राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी चैत १ गतेदेखि अनशनमा छन् ।
आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ । केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको छ ।
सहकारी पीडित बचतकताहरूले चैत १ मा काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन् ।



















