काठमाडौँ । भोली आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभर सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यलयले काठमाडौँले पनि होली पर्वलाई मध्यनजर गरी बिशेष सुरक्षा व्यवस्था गरिएको जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरले पनि जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी बिभिन्न स्थानमा चेकिङको व्यवस्था गरिएको जनाएको छ । साथै बिभिन्न ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गरीने जनाएको छ । प्रहरीले सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली पर्व मनाउनको लागि आग्रह पनि गरेको छ ।


















