माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिनको परीक्षा आज सम्मपन्न ।

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको पहिलो दिनको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन भएको थियो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको थियो । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी भएको जनाइर्एको छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।