रौनियार सेवा समितिले काठमाडौंको टेकुमा आफ्नै भवन बनाउन साढे चार करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको जग्गा खरिद गरेको छ । समितिले साढे आठ आना जग्गा साढे चार करोड रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरेको हो ।

उक्त रकम समुदायका सदस्यहरुले स्वैच्छिक चन्दाबाट संकलन गरेको सान न्यूजलाई बासुदेव शाहले जानकारी दिए । उक्त जग्गामा घर बनाई धर्मशाला संचालन गर्ने लक्ष्य रहेको पनि शाहले बताएका छन् ।

रौनियार सेवा समितिको संस्थापक सदस्यहरुमा हालका संरक्षक छोटेलाल रौनियार, प्रमुख सल्लाहकार भिखारी शाह रौनियार, अध्यक्ष मुनेश कुमार रौनियार(भैरवलाल), वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष श्रीमती शोभा देवीलगायत छन् । पत्रकारसमेत रहेका बासुदेव शाहले संस्थाले आफ्नै जग्गा खरिद गरेकोमा समितिका सदस्यप्रति शुभकामना व्यक्त गर्दै अब समितिका पदाधिकारीहरुले धर्मशाला निर्माण गरी आफ्नो समुदाय र सम्पूर्ण मानवको सेवा गर्ने बताए ।

सो अवसरमा समितिले जग्गाधनीलाई खाँदा, माला, दोसल्ला लगाई सम्मान गर्नुको साथै धन्यवाद व्यक्त गरेको थियो । रौनियार समाजले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।


















