काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अब दायाँ बायाँ नगरेर बैकल्पिक शक्ति बनाउन लाग्ने बताउनु भएको छ । बिगतमा बैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएकाले जनताले आफुहरुलाई बिश्वास नगरेको पनि उहाँले बताउनु भयो ।
उहाँले कांग्रेस र कम्युनिष्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन बढेको बताउनु भयो । शनिबार काठमाडौंमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्त रुपमा गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले सत्ताको चास्नी खान चाहनेहरु आफुहरुको अभियानमा टिक्न नसकेको पनि बताउनु भयो ।

अहिले जति पनि ब्यक्तिले नेपाल समाजवादी पार्टी छाडे उनीहरु शत्ताको पछि लागेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा संगठन बिभाग प्रमुख सोनाम सिंह स्यान्ताङले अब बिचार संगठन र एजेण्डामा वैकल्पिक पार्टी बनाउने बताउनु भयो । कार्यक्रममा केन्द्रीय कार्यलय सदस्य सृजना रिजाल, धन गुरुङ, जेकेन्द्र श्रेष्ठ लगायतले आआफ्नो बिचार राख्नु भएको थियो ।


















