चौसठी ज्योतिर्लिँगको केही चर्चा

भारतमा द्धादश व्योतिर्लिँगहरु छन् । सम्पूर्णमा शिरभाग पशुपतिनाथ हुन् जो नेपालको राजधानी काठमाडौँमा रहेका छन् । काठकमाडौँ लगायत नजीकका १० जिल्लाहरुमा ६४ ज्योतिर्लिँगहरु छन् । ने मुनिबाट देशको नाम नेपाल रहने क्रममा उनै ने मुनिले विरुपाक्षलाई सम्पूर्ण पापबाट मुक्त दिलाउन यी ६४ ज्यातिर्लिँगको दर्शन, पूजा ,रुद्राभिषेक अनि सत्संग गराएका थिए । विरुपाक्षलाई मातृगमनको दोष लागेको थियो । सत्ययुगमा सत्यपुरी, त्रेता युगमा तपोवन, द्धापर युगमा मुक्ति सोपान भनिने यो भूमिलाई हालको कलियुगमा नेपाल भनिन्छ । ने मुनिबाट स्थापित र यहाँ सदैव न्यायेन पाल्यते भन्ने अर्थ अर्थात् यहाँका जनताहरु सधैँ न्यायले सुरक्षित हुन्छन् भन्ने अर्थमा यहाँको नाम नेपाल रहन गएको हो । कलियुगको आरम्भ भने वि सं २०८१ सालसंगै जम्मा ५ हजार १२५ वर्षमा प्रवेश गरेको छ ।
सिन्धुलीको कुशेश्वर पहिलो ज्यातिर्लिँग हो भने अन्तिममा पर्छ रुद्रगारेश्वर जुन पशुपतिको कैलाश दक्षिण भागमा रहेको छ । दोलखाका भीमेश्वर, सिन्धुपाल्चोकका, काफेश्वर, स्फटिकेश्वर, काभ्रेका कश्यपेश्वर, चण्डेश्वर, धनेश्वर, विकटेश्वर, इन्द्रेश्वर, भालेश्वर हुन् ।
ललितपुरमा गुप्तेश्वर, तिलेश्वर, चम्पकेश्वर, रामेश्वर, कालेश्वर रहेका छन् । मकवानपुरमा नटारम्भेश्वर, चम्पेश्वर, उन्मत्तेश्वर, नन्दीकेश्वर, गोखुरेश्वर, पाण्डुकेश्वर, कूटेश्वर छन् भने काठमाडौँमा उद्दालकेश्वर, गोपालेश्वर, शतरुद्रेश्वर, काकेश्वर, मणिचूडेश्वर, योगेश्वर, नारायणेश्वर, ज्योतिर्लिँगेश्वर, गोलोकेश्वर, चन्दनभराटेश्वर, दक्षेश्वर, चण्डिकेश्वर, धर्मेश्वर, गोकर्णेश्वर, कोटेश्वर, वाणेश्वर, ज्ञानेश्वर, पर्वतेश्वर, जलेश्वर, गुह्येश्वर, किराँतेश्वर, भष्मेश्वर, भुवनेश्वर, रुद्रगारेश्वर रहेका छन् । भक्तपुरमा रत्नचूडेश्वर, वागेश्वर, वाल्मीकेश्वर, मंगलेश्वर, विमलेश्वर, अनन्तलिँगेश्वर, विश्वरुपेश्वर, सोमेश्वर रहेका छन् ।
ललितपुरमा गोभराटेश्वर, भृँगेश्वर, त्रिलिँगेश्वर, कुपितेश्वर, सर्वेश्वर छन् भने धादिँगमा असितेश्वर, नुवाकोटमा भैरवेश्वर, ब्राह्मेश्वर, कार्तिकेश्वर रहेका छन् । मकवाननपुरको नटारम्भेश्वर केही विकट देखिन्छन् र ललितपुरकै कालेश्वर पनि । अन्य स्थानहरुमा पुग्न खासै कठिन छैन । पंक्तिकार ले एकपल्ट सबैतिरजसो दर्शन सकेको हो तापनि हाल केही महिना यतादेखि विश्व हिन्दु महासंघ, काठमाडौको आह्वानमा यात्रुहरु मिलेर सबैतिर दर्शन गर्ने गराउने अभियानमा संलग्न छ । यस क्रममा दोलखा, सिन्धुली, नुवाकोट, काठमाडौँ, सिन्धुपाल्चोक लगायतका केही ज्योतिर्लिँगहरुको दर्शन, रुदा्रभिषेक, सत्संग सकिएको छ र अन्य धेरै बाँकी क्षेत्रहरुका लागि प्रयास जारी छ । पंक्ति तयार गरिरहँदा नुवाकोटका ३ ज्योतिर्लिँको दर्शन विशेष पूजा सम्पन्न भएको छ भने कपिलेश्वर शिवको पनि दर्शन यही क्रममा जुरेको छ । नुवाकोटको कार्तिकेश्वर ज्योतिर्लिँगको दर्शनपछि हाम्रो टोली कविलास उकाली चढ्दै शिखरमा पुगेको हो । डेढ् कि मि बढी उकाली पैदल जानु पर्ने सो स्थान घना वनका बीच रहे पनि नुवाकोटको त्यो शिखर पुगेपछि चारैतिरको शोभा हेर्न लायक छ, संगै नाट्येश्वरी देवी पीठ पनि छ । हजार बढी सिँढी पार गर्दै ठाडै उकाली चढ्नु पर्ने सो स्थानमा मन्दिर पुग्ने बेला सिँढीहरु छैनन् र वर्षाको समय केही असहज हुन सक्छ ।
काठमाडौँको टोखा सडक उकाली चढ्दै शिवपुरी डाँडो पार गरेपछि ओराली शुरु हुन्छ र गुज्र्येभन्ज्याँग पुगेपछि चिया नास्ता गर्दै ओराली लाग्ने गर्छन् सवारी साधनहरु । बाइकमा जानेहरुको छुट्टै मजा छ । तल झरिसकेपछि तादी खोला पुगिन्छ । बाटैबाट केही पूर्व कच्ची र केही असजिलो बाटो पार गर्दै उकाली चढ्दै सवारीबाट रोकिएर पैदल केही समय हिँडेपछि नदी संगममा एक विशाल ढुँगाको आकृति देखिन्छ र त्यहीँ कार्तिकेश्वर शिव लिँग मानी हाम्रो समूहले पूजा, आरती लगायत रुद्री पाठ गरेको हो । त्यसपछि तल झरेर कपिलेश्वर पुग्न केही समय लाग्छ, मन्दिरको डाँडो त तलैबाट देखिन्छ तर सवारी हैँँ हैँ गर्दै शिखर पुगेर पनि २ घण्टाको पैदल समय छुट्याउनु पर्छ । पुन: तल झरेर हाम्रो समूह राक्षसेश्वर हुँदै ब्राह्मेश्वर पुगेको हो, त्यहाँ समथर भएकाले कच्ची हिलो बाटो सानो पार गर्दै खेतका गराहरु वरिपरि रहेको सानो क्षेत्र ब्रह्मेश्वर पुगेर हामीले पूजा, रुद्राभिषेक गरेका हौँ , नजीकै राक्षसेश्वर पनि छन् । त्यसपछि लगत्तै हामी त्रिशूली संगम जाल्पादेवी थान संगै रहेको भैरवेश्वर हानियौँ । जाल्पा देवीथान समथरमै रहेकाले हाम्रो सवारी त्यहाँ रोकियो । ६४ ज्योतिर्लिग कता हो भनी धेरै स्थानीयलाई सोद्धा धेरैले भने प्रहरी विट नजीकै हो भनेर ।
पंक्तिकार त्यहीँतिर हान्निदै गयो र देख्यो विशाल भवन अनि शिवक्षेत्र पनि । बाहिर लेखिएको रहेछ केही वर्ष अघि मात्रै देशका राष्टृपति र स्थानीय नाम चलेका राजनैतिक व्यक्तिले त्यहाँको उद्घाटन गरेका र त्यसमा स्कन्द पुराणमा लेखिएको ६४ ज्योतिर्लिँग भनेर । वास्तवमा यही भ्रम र नयाँ होहल्लाका कारण स्थानीय सबैजसोको मनमा त्यही रहेछ र पंक्तिकारलाई बताइएको रहेछ । तर पुरानो पुस्तकको पाmेटोसंग मेल खाएन, शिवको नाम पनि अलग्गै लेखिएको रहेछ नीलकण्ठ भनेर, यसरी मेल नखाँदा पंक्तिकार फेरि हान्निएर जाल्पादेवी थान पुग्यो जहाँ हाम्रो समूहले पूजा गर्दैरहेको थियो । यसरी मिस्लिडिँग हुने गरी शिलामा, भित्तामा लेखेर महामहिमहरुको समेत नाम राखिदिँदा यात्रु, भक्तजनमा कठिनाइ हुने हुँदा स्थानीय नाम चलेका राजनीतिकर्मीको ध्यान जाओस् भन्ने पंक्तिकारको भनाइ छ, ती राजनैतिक व्यक्ति ठमेल आसपास नै बस्ने गरेका छन् । जाल्पादेवी समेतको दर्शन अनि ६४ मै पर्ने भैरवेश्वरको पूजाआजा, रुद्राभिषेक, सत्संग पछि हामी बाटैमा रहेको एक होटलमा आपूmले लगेका खाना र होटलकै दही च्यूरा भोजन गरी साँझ उही बाटो फर्कियौँ । गाडी टोखाको उकालो लाग्दा र गुज्र्येभन्ज्याँग माथि पुगिरहँदा प्रकृतिले ताण्डव नृत्य गर्दै थियो । चैते हावा हुरी, बाक्लो हावा सहितको वर्षा, रुखहरु ढल्ने समेतको समस्या देखियो, त्यतिवेला नै देशका धेरै स्थानहरुमा प्रकृतिले मान्छे समेत खाइसकेको रहेछ । भगवत् कृपा हाम्रो समूह सकुशल निबास सम्म पुग्न सफल भयो । ६४ ज्योतिर्लिँगको यात्राका लागि सम्पर्क गर्न चाहने भक्तहरुले पंक्तिकारको फेसबुक पेजमा सम्पर्क गर्न बा विश्वहिन्दु महासंघ राष्टिृय समितिका पदाधिकारी रेखा अर्याल बा अन्य कसैसंग सम्पर्क गर्न सकिने छ ।
लेखक विश्व हिन्दु महासंघ राष्टिृय समिति, कर्मकाण्ड विभागका संयोजक हुनुहुन्छ ।