काजु उपनामले चर्चित आफूलाई वरिष्ठ पत्रकार भन्न रुचाउने रेडियो टेलिभिजन कार्यक्रम प्रस्तोता तथा रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला सार्वजनिक संचारमाध्यममार्फत देशका विभिन्न व्यक्तित्वलाई अर्ति उपदेश दिइरहेका हुन्छन् । बौद्धिकतादेखि जिम्मेवारीसम्म, राजनीतिदेखि अध्यात्मसम्म, गीत–संगीतदेखि साहित्य सृजनासम्म सबै विधाका आफूलाई ज्ञाता मान्ने ऋषि धमला सबैलाई नैतिकताको पाठ पढाइरहेका हुन्छन् ।
तिनै ऋषि धमला आफूले राज्यलाई तिर्नुपर्ने दायित्वको विषयमा कुरा उठ्यो कि हमला गरि हाल्छन् । विगतमा अवैध कारोवारदेखि फिरौतीसम्मको धन्दामा संलग्नताको आरोप लागेका ऋषि धमला आफूलाई पक्का गणतन्त्रवादी र आफैले गणतन्त्र ल्याएको वेतुकको तर्क अघि सार्न पनि पछि पर्दैनन् ।
यिनै ऋषि धमलाले संचालन गरेको रिपोर्टस क्लब नेपाल स्थापनाको २६ वर्षमा प्रवेश गरेको छ । स्थापनाको २५ वर्ष पूरा गरेको रिपोर्टस क्लबले राज्यलाई तिर्नुपर्ने दायित्व वापतको झण्डै एक करोड रुपैयाँ राज्यलाई नतिरी अझ आफै ठूलो कुरा गर्दै हिडिरहेका छन् ।
यस सम्बन्धमा समाज कल्याण परिषद्ले रिपोर्टस क्लबको नाममा ३५ दिने सार्वजनिक सूचनानै प्रकाशित गरिसकेको छ । २०७२ सालपछि प्रधानमन्त्री सुशील कोइरालाको प्रत्यक्ष निर्देशनमा समाज कल्याण परिषदले भृकुटी मण्डपको सरकारी जग्गा रिपोर्टस क्लबलाई भाडामा दिएको थियो । २०७२ सालदेखि रिपोर्टस क्लबले हालसम्म सरकारलाई एक पैसा तिरेको छैन, बरु नेपाल सरकार संचार मन्त्रालयबाट सहयोग स्वरुप करोडौं रुपैयाँ बुझेको छ ।
संचारलगायत विभिन्न मन्त्रालयबाट वर्षेनी करोडौं रुपैयाँ सहयोग लिने, वर्षेनी करोडौंको विज्ञापन उठाउने रिपोर्टस क्लबले भाडा भने तिर्नु नपर्ने रहेछ भनि संचार वृत्तमा चर्चा चलेको छ । कतै नेपाली समाजमा प्रचालित उखान ‘जो चोर उसको ठूलो स्वर’ चरितार्थ त भइरहेको छैन ? सम्बन्धित निकायको ध्यान पुगोस् ।


















