ताइवानको पूर्वी तटमा रहेको हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु भएर बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेसनका प्रवक्ताका अनुसार भूकम्प पछि ताइपेका कयौ स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ । सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ । चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।उता , जापानमा सुनामीको चेतावनी दिइएको छ ।


















