गण्डकीको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा साता दिनको समय

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार साता दिनको समय दिएका छन् । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन् ।